कुलमान हटाउने सरकारको निर्णयप्रति रवि लामिछानेले गरे मैनबत्ति बालेर मौन विरोध
-1742867320.jpg)
काठमाडौं, चैत १२ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेपछि रास्वपा सभापति रवि लामिछानेले मैनबत्ति बालेर मौन बिरोध जनाएका छन् ।
सोमबार लामिछानेले सामाजिक सञ्जाल फेसबुक लाइभमा आएर बलिरहेको बत्ति निभाउदैै मैनबत्ति बालेर एक मिनेट मौन विरोध गरेका हुन् ।
उनले अरु केहि प्रतिक्रिया नदिई लेखेका छन् - "कसलाई राख्ने, कस्लाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छ्न्!!"
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । देशमा १८ घण्टासम्मको लोडसेडिङलाई हटाएर लोडसेडिङ मुक्त गराएका कुलमानलाई हटाएपछि सरकारको चौतर्फी आलोचना सुरु भएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१ ०७:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय