काठमाडौं, साउन २१ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप तीन हजार नौ सय ३८ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुबाट १८ हजार चार सय आठ वटा स्वाबको परीक्षण गर्दा उक्त संख्यामा संक्रमितहरु भेटिएका हुुन् ।
यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप ३७ जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड १९ को संक्रमणबाट मुत्यु हुुनेहरुको कुुल संख्या नौ हजार नौ सय ९४ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप दुई हजार १२ जना संक्रमणमुक्त भएकाछन् ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा एक हजार दुुई सय ८९ जना कोभिड-१९ को संक्रमितहरु भेटिएकाछन् । सो मध्ये काठमाडौ जिल्लामा सात सय ६६, ललितपरमा एक सय ६३ र भक्तपुर जिल्लामा एक सय ४६ संक्रमितहरु भेटिएका हुुन् । यो समेत गरी काठमाडौं उपत्यकामा सक्रिय संक्रमितहरुको कुल संख्या १० हजार ६८ पुगेको छ । देशभर भने सक्रिय संक्रमितहरुको कुल संख्या ३४ हजार चार सय २२ रहेको छ ।