Kath Khabar
अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

                       अर्घाखाँची, चैत १३ । अर्घाखाँचीको सुपादेउरालीबाट दर्शन गरेर फर्किंदै गरेको बस भुवनपाटास्थित गोरूसिंगेमा आज साँझ दुर्घटना हुँदा चारको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।

शितगङ्गा नगरपालिका–२ सितापुरको भुवनपाटामा लु २ ख ३०३ नं को बस दुर्घटना हुँदा चारजनाको घटनास्थलमा मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पठाइएको छ । प्रहरी निरीक्षक पौडेलले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाउँदै उद्धार कार्य पनि भइरहेको बताउनुभयो ।
---

 

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  २०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update