सरकारको निर्णयविरुद्ध कुलमान पुगे सर्वोच्चमा
काठमाडौं, चैत १३ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन् । आफ्नो बर्खास्ती गैरकानूनी भएको दाबी गर्दै उनले सर्वोच्चमा बुधबार निवेदन दायर गरेका हुन् ।
निवेदनमा उनले सरकारको निर्णय बदर गरी प्रबन्ध निर्देशकको रूपमा आफूलाई पुनर्स्थापित गर्न माग गरेका छन् । उनले मुद्दामा नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक हितेंद्र देव शाक्य र अन्यलाई प्रतिवादी बनाएका छन् ।
प्रकाशित मिति: बुधबार, चैत १३, २०८१ २१:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय