Kath Khabar
आगामी ५ महिनामा करिब २ लाख संक्रमित थपिने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

काठमाडौं, साउन २१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी पाँच महिनामा १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ कोरोना संक्रमित थपिने प्रक्षेपण गरेको छ ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिमा नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा गुणराज लोहनीले प्रस्तुत गर्नुभएको तथ्यांकमा ३८ हजार ७ सय ७१ जनालाई उपचार सेवा आवश्यक पर्ने उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयको प्रक्षेपण अनुसार मसिंरसम्ममा १ लाख ९३ हजार ८ सय ५६ संक्रमित थपिने सम्भावना छ । ३८ हजार ७ सय ७१ जनालाई उपचार सेवा आवश्यक पर्ने र ९ हजार ६ सय ९३ जनालाई सघन उपचार आवश्यकता पर्न सक्ने सम्भावना रहेको प्रक्षेपणमा जनाइएको छ ।

साउनमा ५३ हजार ३ सय ७, भदौमा ४५ हजार ७ सय २६, असोजमा ३८ हजार ५ सय ९७, कात्तिकमा ३१ हजार ४४ र मसिंरमा २५ हजार १ सय ८३ संक्रमित थपिने मन्त्रालयले जनाएको छ । पछिल्लो समय तेस्रो लहर फैलिने सम्भावना रहेकाले स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने जनस्वास्थ्यविद्हरूले सचेत समेत गराउनु भएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २१, २०७८  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update