Kath Khabar
सर्वोच्च अदालतमा कुलमानको निवेदन दर्ता, शुक्रबार प्रारम्भिक सुनुवाइ


                            काठमाडौं, चैत १४ । कुलमान घिसिङको निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ ।  आफ्नो बर्खास्ती गैरकानूनी भएको दाबी गर्दै उनले सर्वोच्चमा बुधबार निवेदन दायर गरेका थिए  ।

निवेदनमा कुलमानले आफूलाई गैरकानूनी रूपमा पदबाट हटाइएको दाबी गरेका छन् । उनले  सरकारको निर्णय बदर गरी आफूलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने उनको माग छ ।

सर्वोच्च अदालत प्रशासनले शुक्रबारका लागि उनको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुने मिति तोकेको छ । उनले मुद्दामा नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक हितेंद्र देव शाक्य र अन्यलाई प्रतिवादी बनाएका छन् ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट बर्खास्त गरेको थियो। 


 

 


 

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update