ललितपुरको ओचुहाइटमा एक युवकको हत्या
ललितपुर, चैत १४ । ललितपुरको इमाडोलमा एक व्यक्तिको हत्या भएको छ । इमाडोल ओचुहाइटस्थित मन्दिर नजिकै बुधबार राति युवकको हत्या भएको हो । हत्या हुनेमा रामेछाप घर भएका ३० वर्षीय रिपक खाती रहेका छन् ।
खातीलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा २५ वर्षीय सुमन रसाइलीलाई प्रहरीले पक्राउ गरेको छ । इमाडोल प्रहरीले घटनाको सूचना पाउनासाथ आरोपी सुमन रसाइलीलाई राति नै पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए । शवलाई पाटन अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको छ ।
प्रारम्भिक अनुसन्धानमा सुमनले आफ्नी बहिनीलाई खातीले जिस्क्याएको कारण मन्दिरमा बोलाएरै हत्या गरेको बयान दिएका छन् । घटनाको थप अनुसन्धान जारी छ ।
प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१ १५:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय