काठमाडौं, चैत १४ । राजावादीहरुले राजसंस्था पुनर्स्थापनाकाका लागि गठित संयुक्त जनआन्दोलनको कमान्डर दुर्गा प्रसाईंले गर्ने भएका छन् । नेपालमा राजतन्त्र पुनर्स्थापित गर्ने लक्ष्य राखेको नवगठित संयुक्त जनआन्दोलन समितिको कमाण्डरमा दुर्गा प्रसाईंलाई नियुक्त गरिएको हो ।
समितिका संयोजक नवराज सुवेदीले बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उक्त घोषणा गरेका हुन् । समितिले संवैधानिक राजसंस्थाको पुनर्स्थापना, सनातन हिन्दू अधिराज्यको पुनर्स्थापना, संघीयता खारेजी र भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि निरन्तर आन्दोलन गर्ने जनाएको छ । चैत्र १५ गते काठमाडौंमा प्रदर्शन गरेपछि चैत्र १७ गतदेखि आन्दोलनका थप कार्यक्रमलाई अघि बढाइने संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले जानकारी दिए ।
राजावादीको प्रदर्शनका लागि काठमाडौं प्रशासनले तीनकुनेको स्थान छुट्टाएको छ । उक्त प्रदर्शन सफल बनाउन आन्दोलनमा सहभागी हुन सुवेदीले अपिल समेत गरेका छन् ।