
काठमाडौं, चैत १५ । काठमाडौं महानगरपालिकाले आज एसईई परीक्षा दिएर घर फर्किने विद्यार्थीहरुलाई घर फर्किन समस्या भएमा सहयोग गर्ने भएको छ । महानगरले विद्यार्थीहरुलाई घर फर्किन समस्या भएमा घरसम्म पुर्याइदिन सवारी साधन उपलब्ध गराइदिने भएको हो ।
आज राजावादी र गणतन्त्रवादीको प्रदर्शनका कारण काठमाडौंमा ट्राफिक व्यवस्था अस्तव्यस्त हुने भएका कारण महानगरले यो सूचना जारी गरेको हो ।
महानगरले परीक्षामा खटिने केन्द्राध्यक्ष र शिक्षकहरुलाई विद्यार्थीहरुलाई घर पठाउन सहजीकरण गरिदिनुहुन र आवश्यक परे आफैँ पनि सुविधा लिन अनुरोध गरेको छ ।
महानगरले महानगर प्रहरी बलका चार जनालाई सम्पर्क व्यक्ति तोकेको छ, जसमा बानेश्वरतर्फका लागि नगर प्रहरी उपरीक्षक दिनेशकुमार अर्याल, फोन नं. ९८५१०६८०९६ , रत्नपार्कतर्फका लागि नगर प्रहरी उपरीक्षक मनोजप्रसाद लामिछाने, ९८५१०९३१७६, नयाँ बसपार्कतर्फका लागि, नगर प्रहरी उपरीक्षक पूर्णचन्द्र भट्ट, ९८५१२३३६३३, टेकुतर्फका लागि, नगर प्रहरी निरीक्षक, प्रकाश पण्डित, ९८५१०५६३४६ लाई सम्पर्क गर्न सक्नेछन् ।
यस्तै, विद्यार्थीहरुले महानगर प्रहरी बलको हटलाइन नम्बर ०१५९०१७६४ र ९८५१३५६५०९ मा पनि सम्पर्क गर्न सक्नेछन् ।