Kath Khabar
काठमाडौँको तीनकुने क्षेत्र तनावग्रस्त, प्रहरीद्धारा हवाई फायर

                   काठमाडौं, चैत १५ । काठमाडौँको तीनकुने क्षेत्रमा राजतन्त्रवादी प्रदर्शनकारी र प्रहरीबीच भएको झडपपछि तीनकुने क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ ।  स्थिती नियन्त्रणमा नआएपछि प्रहरीले चेतावनीस्वरूप हवाई फायर गरेको छ ।

सुरुमा प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गर्दा झडप भएको थियो ।  निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले प्रदर्शनकारीहरूमाथि लाठी र अश्रुग्यास प्रहार गरेको हो । प्रहरीमाथि आक्रमण हुन थालेपछि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरिएको थियो ।

 त्यसपछि प्रदर्शनकारीहरु अश्रुग्यास प्रहार गरेको भन्दै नजिकैको घरमा ढुंगामुढा गर्नुका साथै आगजनी गरेको र आगो निभाउन आएको दमकलमा प्रदर्शनकारीहरूले ढुङ्गा प्रहार गरेका छन् ।

 

 

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update