
बैंकक, चैत १५ । शुक्रबार मध्य म्यान्मामा आएको शक्तिशाली भूकम्पले राजधानी न्यापिडोका सडकहरू ध्वस्त पारेको, भवनहरूलाई क्षति पुर्याएको र छिमेकी थाइल्यान्डका मानिसहरूलाई सडकमा भाग्न बाध्य पारेको छ ।
भूकम्प आएपछि खसेको भवनको भग्नावशेषमुनि दुई जनाको मृत्यु भएको र अज्ञात सङ्ख्यामा अन्य अझै रहेको बताएका छन् । उद्धारकर्मी सोङ्वुट वाङपोनले निर्माणाधीन अग्लो भवनको भग्नावशेषको थुप्रो बाहिर कुरा गर्दै पत्रकारहरूलाई अन्य सात जना जीवित फेला परेका जानकारी दिनुभयो ।
शुक्रबार दिउँसो सागिङ सहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ । केही मिनेटपछि सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
एएफपी पत्रकारहरूका अनुसार २० लेन चौडा राजमार्गहरू भएको एक फराकिलो म्यान्माको राजधानी न्यापिडोमा भवनहरूका छतका टुक्राहरू खस्दै सडकहरू भत्किएका छन् । भूकम्प आएर हल्लाउन थाल्दा एएफपी पत्रकारहरूको एउटा टोली न्यापिडोको राष्ट्रिय सङ्ग्रहालयमा थियो ।
वर्दीधारी कर्मचारीहरू बाहिर दौडिँदा घरको छत र भित्ताबाट टुक्राहरू खसेका थिए । तिनीहरूमध्ये कोही काँपेका र आँसुले भरिएका थिए भने अरूले प्रियजनहरूलाई सम्पर्क गर्ने प्रयास गर्न सेलफोन समातेका थिए ।स्थिर हुनुअघि करिब आधा मिनेटसम्म जमिन हिंसात्मक रूपमा कम्पन भयो ।
भूकम्पपछि हताहतको तत्काल कुनै खबर आएको छैन तर भूकम्पले उत्तरी थाइल्यान्डका नजिकैका सहरहरू र राजधानी बैंककसम्म आतङ्क फैलायो ।
– भवनहरू क्षतिग्रस्त –
भूकम्पले बैंककका भवनहरूलाई क्षति पु¥याएको छ र केही मेट्रो र लाइट रेल सेवाहरू निलम्बित गरिएको छ । थाई प्रधानमन्त्री पेटोङटार्न सिनावात्राले शुक्रबार एक पोस्टमा उहाँले दक्षिणी फुकेट टापुमा आधिकारिक भ्रमणलाई बीचमै रोकेर भूकम्पपछि ‘आकस्मिक बैठक’ गरेको बताउनुभयो ।
बैंककको ३० तले भवन ढल्दा ४३ जना फसे
म्यान्मामा केन्द्रविन्दु बनाएर शुक्रबार गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट बैंककमा एक सरकारी कार्यालयका लागि निर्माणाधीन ३० तले भवन ढल्दा ४३ श्रमिक फसेको प्रहरी र चिकित्सकहरूले जानकारी दिएका छन् ।
थाई राजधानीको उत्तरी भेगमा रहेको यो भवन केही सेकेन्डमा भग्नावशेष र धातुको घुमाउरो गुच्छामा परिवर्तन भएको थियो ।
शुक्रबार दिउँसो सागिङ सहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ । केही मिनेटपछि सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
– आपत्कालीन अवस्था घोषणा–
यसैबीच थाइ अधिकारीहरूले बैंककमा आपत्कालीन अवस्था घोषणा गरेका छन् । म्यान्मामा केन्द्रीत भूकम्पले बैंकक सहरलाई आक्रान्त पारेपछि प्रधानमन्त्री सिनावात्राले शुक्रबार आपत्कालीन अवस्था घोषणा गरिएको बताउनुभयो ।
भूकम्पपछि बैंककका विभिन्न भवनहरूमा क्षति पुगेको सूचना छ, जसमध्ये सहरको उत्तरी भेगमा एउटा ३० तले निर्माणाधीन भवन ढलेको थियो ।विशेषज्ञहरूका अनुसार म्यान्मारका सहरहरूमा तीव्र विकास, पुरानो पूर्वाधार र कमजोर सहरी योजनाले लोकप्रिय क्षेत्रहरूलाई भूकम्प र अन्य विपत्तिहरूप्रति असुरक्षित बनाएको छ ।
गरिब दक्षिणपूर्वी एसियाली यो राष्ट्रमा विशेष गरी ग्रामीण राज्यहरूमा चिकित्सा प्रणाली कमजोर छ ।
–––