काठमाडौं, चैत १५ । काठमाडौँको तीनकुने क्षेत्रसहित पाँच स्थानमा कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा ४ बजेर २५ मिनेटदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ ।
निजी घर, व्यवसाय, होटल र सरकारी सम्पत्तिलाई लक्षित गरी आगजनीका घटना बढ्दै गएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले तीनकुने क्षेत्रमा कर्फ्यू लगाएको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार बानेश्वर–तीनकुने क्षेत्र, गौशला–विमानस्थल–गैरीधारा–तीनकुने हुँदै कोटेश्वरसम्म, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरदेखि बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शङ्खमुल पुलसम्म र गौशला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कुनैपनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी भएको छ ।