कर्फ्यु लागेसँगै काठमाडौंको सडकमा सेना परिचालन

काठमाडौं, चैत १५ । तीनकुने क्षेत्रमा कर्फ्यू लागू गर्न नेपाली सेना परिचालन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेसँगै सेनाको टोली सडकमा निस्किएको हो । बालकुमारी क्षेत्रमा राजदल गणबाट सहसेनानी सन्दीप गुरुङको कमाण्डमा टोली खटिएको छ ।
काठमाडौँका विभिन्न क्षेत्रमा राति १०:०० बजेसम्म कर्फ्यू लगाइएको छ । राजतन्त्र समर्थक समूहहरूले संवेदनशील क्षेत्रहरूमा तोडफोड र आगजनी गर्न थालेपछि सेना तैनाथ गरिएको हो ।
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१ १९:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय