प्रदर्शनकारीले आगजनी गरेको घरभित्र जलेको अवस्थामा मृत भेटिए पत्रकार रजक
काठमाडौं, चैत १५ । तीनकुनेमा राजावादी प्रदर्शनकारीले आगजनी गरेको घरभित्र एक पत्रकार मृत भेटिएका छन् । एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक पूर्णरुपमा जलेको अवस्थामा मृत फेला परेका हुन् ।
फोटो पत्रकार रजक सो भवनको छतबाट दृश्य खिचिरहेका बेला आगलागीमा परेका थिए । उक्त घरमा बसेर प्रहरीले अश्रु ग्यास प्रहार गरेको भन्दै राजावादी आन्दोलकारीले भवनमा आगजनी गरेका थिए । भवनको तेस्रो तलामा नचिनिने अवस्थामा उनको शव फेला परेको हो ।
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१ १९:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय