Kath Khabar
कोटेश्वरस्थित जडिबुटी भवनमा लगाएको आगो नियन्त्रणमा

                          काठमाडौं, चैत १५ । कोटेश्वरस्थित जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कारखानामा राजावादी प्रदर्शनकारीले लगाएको आगो नियन्त्रणमा आएको छ ।

कार्यालयको मुख्य भवनमा सुरु भएको आगजनी सञ्चो उत्पादन गर्ने भवनमा समेत सल्किन पुगेको थियो । आगजनीले गर्दा मुख्य कार्यालय भवन र सञ्चो उत्पादन गर्ने भवन पूर्ण रूपमा जलेको छ । 

प्रदर्शनकारीहरूले उक्त कारखानाको पार्किङमा रहेको ९ वटा सवारी साधनमा पनि आगजनी गरेका छन् । क्षतिको विवरण आइसकेको छैन ।

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  २२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update