Kath Khabar
शनिबार बिहान ७ बजेसम्मका लागि कर्फ्युको समय थप

                          काठमाडौं, चैत १५ । काठमाडौं जिल्ला प्रशासनले काठमाडौंमा जारी कर्फ्युको समय थपेको छ ।

आज राती १० बजेसम्मका लागि जारी भएको कर्फ्यूको समय भोलि बिहान सात बजेसम्मका लागि थप गरिएको हो  । राजावादीको प्रदर्शन उग्र बनेपछि प्रशासनले काठमाडौंको तीनकुनेसहितका क्षेत्र तोकेर  कर्फ्यु आदेश गरेको थियो ।

काठमाडौँ महानगरपालिकाभित्रका विभिन्न स्थानमा चार किल्ला तोकी सो सिमाना भित्र कसैले आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ ।

बानेश्वर तिनकुने क्षेत्र, गौशालादेखि विमानस्थल, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वर बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमूल पुलसम्म कफर््यू क्षेत्र तोकिएको छ । त्यसैगरी गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै बानेश्वर चोकसम्म पनि कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ---

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  २२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update