राप्रपाका नेता रविन्द्र मिश्र र धवलशमसेर राणा पक्राउ
अधिवक्ता स्वागत नेपाल र अन्य केहीलाई पनि पक्राउ
-1743213819.jpg)
काठमाडौं, चैत १६ । प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमसेर राणालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार उहाँहरुलाई शुक्रबार साँझ पक्राउ गरिएको हो ।
तीनकुनेमा शुक्रबार घटेको घटनाका सन्दर्भमा आवश्यक सोधपुछका लागि उहाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । राजसंस्था पुनःस्थापना लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई भने प्रहरीले घरमै नियन्त्रणमा राखेको छ ।
त्यसैगरी प्रहरीले अधिवक्ता स्वागत नेपाल र अन्य केहीलाई पनि पक्राउ गरेको जनाएको छ ।
---
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१ ०७:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय