Kath Khabar
पूर्वराजालाई पत्र बुझाउन गएको महानगरको टोली निर्मल निवास गेटबाटै फर्किए

                       काठमाडौ, चैत १७ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवानासम्बन्धी पत्र बुझाउन गएको काठमाडौं महानगरपालिकाको टोली निर्मल निवास गेटबाटै फर्किएको छ । आइतबार बिहान गएको टोली निर्मल निवास गेटबाटै फर्किएको हो ।

गत शुक्रबार तीनकुनेमा भएको राजतन्त्रवादी विरोध र तोडफोडको मुख्य संयोजक भएको आरोप लागेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं महानगरपालिकाले जम्मा रु ७,९३,००० रुपैयाँ जरिवाना गरेको छ।

नगर प्रहरी टोलीलाई निर्मल निवासको गेटबाटै फिर्ता पठाएपछि अब नगरपालिकाले हुलाक मार्फत जरिवाना सूचना पठाउने तयारी गरिरहेको छ।

 

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update