Kath khabar
स्टार खेलाडी मेस्सी बार्सामा नबस्ने

अर्जेन्टिना, साउन २२ । अर्जेन्टाइन स्टार खेलाडी लियोन मेस्सी बार्सीलोनामा नबस्ने पक्का भएको छ । बार्साले एक आधिकारीक विज्ञप्ती सार्वजनिक गर्दै मेस्सी र बार्सा बीचको सम्झौता थप्न नमिल्ने बताएको हो ।

मेस्सीको सम्झौता थप्न क्लब र उहाँ राजी भएपनि स्पेनिस लिग ला लिगाको नयाँ नियम अनुसार अनुबन्धन असफल भएको हो । ३४ वर्षिय स्टार खेलाडी मेस्सीको सम्झौता गत जुलाइ एक मै सकिएको थियो । मेस्सी जस्तो महान् खेलाडीलाई मेस्सीको मा राख्न नसक्नुका कारण दवै पक्ष दुखी भएको बताएको छ । क्लबले बिहीबार मेस्सीले नयाँ सम्झौता गर्न लागेको घोषणा गरेको थियो तर लिगको नयाँ नियम अनुसार मेस्सी र क्लबबीच भएको सम्झौता मान्य नहुने बताएपछि मेस्सीले क्लब छाड्ने पक्का भएको हो ।

यस अघि मेस्सीले नयाँ खेलाडी अनुबन्ध गर्ने हो भने आफ्नो तलब घटाउने बार्सीलोनाको आग्रह पनि स्वीकार्नुभएको थियो । बार्साले विज्ञप्तीमा मेस्सीको नयाँ यात्रामा शुभकामना दिएको छ । मेस्सी बार्साका सर्वकालीन महान् खेलाडी हुनुहुन्छ । उहाँले ६ सय ७२ गोल गर्नुभएको छ भने १० ला लिगाको उपाधी जित्नुभएको छ । चार च्याम्पियन्स लिग र साता कोपा डेल रे सहित सबैखाले उपाधी उहाँले क्लबलाई जिताउनु भएको छ । मेस्सी बलोन डि ओर सर्वाधिक ६ पटक जित्ने खेलाडी पनि हुनुहुन्छ । 

क्लबका अध्यक्ष योहान् लापोर्टाको नयाँ सिजनको मुख्य प्राथमिकता मेस्सीलाई क्याम्प नोउमा राख्ने रहेको थियो । उहाँले अथक प्रयास गर्नुभएको तर लिगको नयाँ नियमको कारण मेस्सीले नयाँ विकल्प खोज्नु परेको हो । यस अघि उहाँ लिग वान क्लब पेरिस सेन्ट जर्मेनमा जाने हल्ला चलेको थियो । साथै इंग्लीस क्लब म्यान्चेष्टर सिटी र प्रशिक्षक पेप ग्वार्डिवालाले उहाँको बारे चासो देखाउनु भएको थियो । अमेरिकी मेजर सकर लिग मेस्सीको अर्को विकल्प हो ।

 

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०७८  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update