काठमाडौं, चैत १८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सभापति रवि लामिछानेले जनताका असन्तुष्टीलाई सम्बोधन गर्न शान्तिपूर्ण अभियानका लागि तयार हुन पार्टीपक्तिलाई आह्वान गर्नुभएको छ ।
५ महिनापछि पार्टी कार्यालयमा फर्कनु भएका लामिछानेले उपस्थित शुभेच्छुक एवं कार्यकर्तालाई सम्बोधन गर्दै भन्नुभयो, ‘तपाईंहरु जहाँ उभिनुभएको छ, त्यो लोकतन्त्र होइन । तपाईंले गणतन्त्रको खोल ओढ्नेभएको छ । रास्वपा खोल ओढ्दैन । रास्वपाले आफ्नो कुरा स्पष्टसँग राखेको छ । तपाईंको कर्तुत लुकाउन तपाईंको कित्तामा उभिएर फोटो खिचाउँदैने रहर हामीलाई छैन ।’
उहाँले आफू आजैदेखि सभापतिको नेतृत्वमा फर्किन लागेको बताउनुभयो । “जनतामा रहेको आक्रोशलाई सम्बोधन गर्न हामी तयार हुनुपर्छ, कसैलाई गाली गरेर, होच्याएर केही हुनेवाला छैन, शान्तिपूर्ण अभियान मर्न दिनु हुदैन”, उहाँले भन्नुभयो ।
सहकारी ठगी प्रकरणमा आफूविरुद्ध अदालतमा मुद्दा दायर हुनुअघि लामिछानेले पार्टीका गतिविधिबाट अगल हुनुभएको थियो । त्यसयता डोलप्रसाद अर्यालले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
आजको पहिलो बैठकमा कार्यवाहक सभापति अर्यालले धन्यवाद ज्ञापन गर्नुहुने र त्यसपछिको दोस्रो बैठक लामिछानेको सभापतित्वमा बस्ने कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो ।
–––