Kath Khabar
हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज घट्यो

                     काठमाडौं, चैत २२ । सुनचाँदीको मूल्य घटेको छ ।  बिहीबार प्रतितोला रू एक लाख ८० हजार तीन सयमा कारोबार भएर हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज तोलामा रू तीन हजार नौ सय घटेको हो ।

आज प्रतितोला रू एक लाख ७६ हजार चार सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, आज चाँदी प्रतितोला रू एक हजार आठ सय ७० मा किनबेच हुनेछ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार एक सय पाँच अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ ।
–––

 

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update