Kath Khabar
चितवनको माडीमा बस दुर्घटना, बाह्र जना घाइते

                    चितवन, चैत २२ । चितवनको माडीमा बस दुर्घटना हुँदा बाह्र जना घाइते भएका छन् । भरतपुरबाट माडीतर्फ जाँदै गरेको ना६ख ९३६६ नम्बरको बस आज दिउँसो माडी नगरपालिका–१ वनकट्टामा दुर्घटना भएको हो ।

सो बसमा पच्चिस जना सवार रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिनुभयो । उहाँका अनुसार बस  अनियन्त्रित भई रुखमा ठोक्किएको हो । घाइते सबैको स्थानीय बघौडा अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये दुई जना सामान्य उपचार गरी घर फर्किएका छन् भने अन्यको उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । घाइते सबै खतरामुक्त रहेको कार्यालयले जनाएको छ । बस चालक फरार रहेकाले खोजी जारी रहेको उहाँले बताउनुभयो । (RSS)
---

 

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  २१:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update