Kath Khabar
रवि लामिछाने रुपन्देही जिल्ला अदालतमा उपस्थित हुँदै, आजै हिरासतमा पठाउने तयारी
File photo

                               काठमाडौं, चैत २५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज सोमबार रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने भएका छन् ।

लामिछानेलाई शुक्रबार काठमाडौंको हात्तीगौडाबाट पक्राउ गरी कानुनी कारबाहीको लागि भैरहवा ल्याइएको थियो । शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा परेकाले उनलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीको हिरासतमा राखेर आज अदालतमा उपस्थित गराउन लागिएको हो । उनी हाजिर भएपछि आवश्यक कानुनी प्रक्रियाहरू पुरा गरी हिरासतमा राखिनेछ।

सङ्गठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रबार थुनामा पठाउन आदेश दिएको थियो । यसअघि बुटवलको सुप्रिम बचत तथा सहकारी ठगी प्रकरणमा लामिछानेलाई यसअघि रुपन्देही जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । उच्च अदालतले यसलाई उल्ट्याएर थुनामा राख्ने आदेश दिएको हो ।

 

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update