Kath Khabar
रविन्द्र मिश्रसहित २० जनालाई १५ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

                        काठमाडौं, चैत २६ । काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका रविन्द्र मिश्रसहित २० जनालाई १५ दिन हिरासतमा राख्न म्याद थप भएको छ।

काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित २० जनालाई थप हिरासतमा राख्न अदालतले अनुमति दिएको हाे । मिश्र र राणासहितका २० आरोपितलाई राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएको छ ।

यस्तै, आपराधिक उपद्रवमा ५३ जनालाई थप २० दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । उनीहरूले चैत १५ गते तीनकुनेमा प्रदर्शन गर्दा निजी तथा सरकारी सम्पत्तिमा आगजनी तथा तोडफोड गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update