Kath Khabar
रविमाथि ज्यादती भएको भन्दै रास्वपाले मानवअधिकार आयोगमा दियाे उजुरी


                          काठमाडौं, चैत २७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्दा ‘प्रहरी ज्यादती’ भएको भन्दै रास्वपाले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ ।

प्रमुख सचेतक सन्तोष परियार, उपसचिव कविन्द्र बुर्लाकोटी र सांसद गणेश पराजुली सहितको पार्टीको टोलीले बुधबार आयोगका अध्यक्षलाई भेटेर यस विषयमा तत्काल ध्यान दिन माग गर्दै निवेदन पेश गरेको हो । निवेदनमा  राज्य संयन्त्रबाट सभापति लामिछानेलाई अमानवीय, अपमानजनक तथा गैरन्यायिक व्यवहार हुँदै आएको भनी आयोगलाई ध्यानाकर्षण गराइएको छ ।

निवेदनमा लामिछानेको गिरफ्तारीको क्रममा प्रहरीको व्यवहार र अभिव्यक्तिले उनको जीवनलाई ठूलो जोखिममा पारेको कुरा प्रष्ट पारिएको बुर्लाकोटीले जनाएका छन् ।  निवेदनमा उनको सुरक्षा सुनिश्चित गर्न तत्काल कारबाहीको माग गरिएको छ।  लामिछानेलाई गत शुक्रबार बुटवल उच्च अदालतले हिरासतमा राख्न आदेश दिएको थियो ।

 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update