काठमाडौं, साउन २२ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप तीन हजार सात २९ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुबाट १५ हजार छ सय ७५ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमितहरु भेटिएका हुुन् ।
यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप २५ जनाको मृत्युु भएको छ । यो समेत गरी नेपालमा कोभिड १९ को संक्रमणबाट मृत्युु हुुनेहरुको कुुल संख्या १० हजार १९ पुुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुुनेहरुको संख्या भने एक हजार आठ सय ८५ जना रहेको छ ।
काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा सात सय एक जना संक्रमित थपिएकाछन् । सो मध्ये काठमाडौं जिल्लामा चार सय ७१, ललितपुर जिल्लामा एक सय ४७ र भक्तपुर जिल्लामा ८३ जना संक्रमितहरु थपिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार यो समेत गरी काठमाडौं उपत्यकामा सक्रिय संक्रमितहरुको कुल संख्या १० हजार एक सय पुुगेको छ । देशभर भने सक्रिय संक्रमितहरुको कुल संख्या ३४ हजार नौ सय ४२ रहेको मन्त्रालयले जानकारी दिएको छ ।