Kath Khabar
सामूहिक गिरफ्तारी दिने  जगमान गुरुङकाे घोषणा !

                   काठमाडौं, चैत २७ । राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक जगमान गुरुङले पक्राउ परेका राजावादी प्रदर्शनकारीलाई रिहा नगरे सामूहिक गिरफ्तारी दिने घोषणा गरेका छन् । चैत्र १५ गतेको घटनामा पक्राउ परेका नेता रिहा नगरे सामूहिक गिरफ्तारी दिने घोषणा गरेका हुन्  ।

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममार्फत गुरुङले सरकारले आफूहरुका नेता कार्यकर्तालाई बिनाशर्त रिहा नगरे वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने घोषणा गरेका हुन् ।

‘वैशाख २२ गतेसम्म पनि यो सरकारले हाम्रा साथीहरुको वारेन्ट बर्खास्त गरेन भने, हाम्रा संयोजकको नजरबन्द हटाएन भने र बन्दी बनाइएका साथीहरुलाई मुक्त बनाइएन भने २२ गते हामी सामूहिक गिरफ्तारी दिन्छौं,’ गुरुङले भनेका छन् ।

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update