Kath Khabar
भक्तपुरमा सडकमै बस पल्टियो, चार जना घाइते
तस्विर: सामाजिक सञ्जाल

                   भक्तपुर, चैत २८ । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ चुनदेवी आकासे पुलनजिकै यात्रुवाहक बस दुर्घटना भएको छ । बिहीबार बिहान सूर्यविनायक नगरपालिका-५ चुनदेवी मा बा ३ ख २४४६ नम्बरको बस अनियन्त्रित भई पल्टिएको हो ।

दुर्घटनामा चार जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा सूर्यविनायक ८ सिपाडोल बस्ने ५४ वर्षीय सुवर्ण भुजेल, सूर्यविनायक ९ पलासेकी ५० वर्षीया कोपिला महत, काभ्रे घर भई जगाती बस्ने ४२ वर्षीय सानुमान थिङ र भारत घर भई भक्तपुर चुनदेवी बस्ने २३ वर्षीया किरणदेवी बानियाँ घाइते भएका छन् ।

उनीहरूलाई उपचारको लागि मध्यपुर अस्पताल लगिएको छ ।  बसका चालक भक्तपुर ७ इनाचो बस्ने ४२ वर्षीय रबिन प्रजापतिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update