नेपाल प्रहरीले भन्यो : दुर्गा प्रसाईँ पक्राउ भएका छैनन्
काठमाडौं, चैत २९ । नेपाल प्रहरीले विभिन्न आपराधिक घटनामा संलग्न रही फरार भएका दुर्गा प्रसाईँ खोजीको सूचीमा रहेको जनाएको छ ।
प्रहरीको विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा प्रसाईँ पक्राउ’ भन्ने शीर्षकमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएकामा आफूहरूको गम्भीर ध्यानाकर्षण भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो । उहाँले प्रसाईँ पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रसारण नगरिदिन सबैमा अनुरोध गर्नुभएको छ ।
तर प्रसाईका समर्थकहरुले भने सामाजिक सञ्जालमार्फत् शुक्रबार उनले भारतको आसाम प्रहरीमा आत्मसमर्पण गरेको दाबी गरेका छन् । काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको राजावादी आन्दोलनपछि फरार रहेका प्रसाईंलाई प्रहरीले खोजी गरिरहेको छ।
---
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१ ०७:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय