Kath Khabar
फरार दुर्गा प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
File Photo

                               काठमाडौं, चैत २९ । तीनकुनेको प्रदर्शनस्थलबाट फरार भएका राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरी नियन्त्रणमा लिएको छ । 

अधिकारीहरूले उनलाई झापा जिल्लाको भद्रपुर क्षेत्रमा औपचारिक रूपमा हिरासतमा लिएको पुष्टि गरेका छन् । उनलाई भारतीय प्रहरीको सहयोगमा आसामबाट आज (शुक्रबार) बिहान झापा ल्याइएको छ  ।  प्रसाईंलाई चन्द्रगढी विमानस्थलबाट आजै काठमाडौं ल्याइने प्रहरी स्रोतले जनाएको छ ।

चैत १५ को तीनकुने प्रदर्शन हिंसात्मक भएपछि उनी फरार भएका थिए ।  बिहिबार प्रसाईको सचिवालयले भारतको आसाम प्रहरीमा उनले आत्मसमर्पण गरेको दाबि गरेको थियो । आसाम प्रहरीले सीमा क्षेत्रसम्म प्रसाईंलाई ल्याएर नेपाल प्रहरीलाई हस्तान्तरण गरेको बताइएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले आज एक विज्ञप्ति जारी गरी प्रसाई र उहाँका सहयोगी दिपक खड्कालाई पनि पक्राउ गरिएको जानकारी दिनुभयो ।

490358427_986737593588764_5007455970046163272_n-1744352059.jpg
 

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update