Kath Khabar
दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो,  म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिने

                          काठमाडौं, चैत २९ । तीनकुनेको हिंसात्मक आन्दोलनपछि फरार राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंलाई प्रहरीले काठमाडौं ल्याइएको छ ।  उनलाई झापाको भद्रपुरबाट नेपाल प्रहरीले नियन्त्रणमा लिएर चन्द्रगढी एयरपोर्टबाट बुद्ध एयरको विमानमार्फत काठमाडौं ल्याइएको हो ।

यही चैत १५ गते राजावादीहरूले काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रही राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसूर गरेको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाउने तयारी अघि बढाइएको छ । उनले तीनकुने प्रदर्शनका बेला आफैंले चलाएको गाडीले प्रहरीलाई पेल्दै अघि बढेका थिए । उनी फरार हुँदै भारत पुगेका थिए ।

अहिले उनलाई प्रहरी परिसर काठमाडौं पुर्‍याइएको छ ।  अनुसन्धानका लागि उनलाई प्रहरीले आजै म्याद थपका जिल्ला अदालत काठमाडौं लग्नेछ ।

 

 

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update