दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं, चैत २९ । दुर्गा प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई जिल्ला अदालत काठमाडौंले १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले दुर्गा प्रसाईं र उनका सहयोगी दीपक खड्कालाई अनुसन्धानका लागि १२ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको हो ।
यही चैत १५ गते राजावादीहरूले काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रही राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसूर गरेको आरोपमा प्रसाईं परेका हुन् । उनलाई आज झापाको भद्रपुरबाट नेपाल प्रहरीले नियन्त्रणमा लिएर चन्द्रगढी एयरपोर्टबाट बुद्ध एयरको विमानमार्फत काठमाडौं ल्याइएको हो ।
प्रसाईंका अंगरक्षक खड्कालाई पनि आजै झापाको भद्रपुरबाट पक्राउ गरिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१ १६:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय