Kath Khabar
सुनको मूल्य निरन्तर बढ्दो, एक तोलाको रु एक लाख ८६ हजार

                  काठमाडौं, चैत ३१ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज एक तोला सुनको मूल्य रु एक लाख ८६ हजार कायम भएको छ । स्थानीय बजारमा यो मूल्य हालसम्मकै उच्च हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला रु एक लाख ८५ हजारमा कारोबार भएको सुन आज तोलामा रु एक हजार बढेको हो । आज प्रतितोला चाँदीमा रु ५५ वृद्धि भएको छ । आज एक तोला चाँदी  एक हजार ९६० मा खरिदबिक्री हुनेछ ।
–––

 

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update