Kath Khabar
कुवेतविरुद्ध पहिले बलिङ गर्दै नेपाल

                    काठमाडौं, चैत ३१ । हङकङमा जारी चारदेशीय टी-२० आई शृङ्खलाको उपाधिका लागि आज नेपाल र कुवेत भिड्दैछन् । केही बेरअघि हङकङको टिन क्वाङ रोड रिक्रिएशन मैदानमा भएको टसमा नेपालले टस जितेर पहिले बलिङ रोजेको छ ।

शनिबार भएको घरेलु टोली हङकङसँगको खेल वर्षाले प्रभावित भएपछि नेपाल फाइनलमा पुगेको थियो । शनिबार टस हारेर हङकङले पहिले ब्याटिङ गरिरहँदा वर्षा सुरु भएपछि खेल रोकिएको थियो । हङकङले नौ ओभरमा तीन विकेट गुमाउँदै ६८ रन बनाउँदै पानी परेपछि खेल अवरुद्ध भएको थियो । त्यसपछि दुवै टोलीले एक/एक अङ्क बाँडेका थिए । पाँच अङ्कका साथ नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो ।
    
नेपालले आफ्नो पहिलो खेलमा गत बुधबार कतारलाई ८ विकेट र दोस्रो खेलमा कुवेतलाई ६ विकेटले पराजित गरेको थियो । कुवेतले भने शनिबार बिहान भएको खेलमा कतारलाई ६ विकेटले हराउँदै ४ अङ्कसहित फाइनलमा पुगेको हो ।
–––

 

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update