काठमाडौं, साउन २३ । लियोनल मेस्सी वास्तवमै यो युगले पाएको सर्वश्रेष्ठ खेलाडी हुनुहुन्छ । जतिबेलासम्म मेस्सी मैदान हुनुहुन्छ । उहाँका समर्थकले आत्तिनु पर्ने अवस्था आउँदैन । मैदानमा कसरी जादु देखाउँने त्यो मेस्सी जत्तिको जान्ने यो युगमा अरु छँदै छैनन भन्दा पनि हुन्छ । होचो कद चार पाँच जना अग्ला अग्ला विपक्षीलाई छलाउनु चानचुने काम कहाँ हो र ? अर्जेन्टाइन सुपर स्टार खेलाडी बार्साका पर्याय हुन् । उहाँ कला मन परेर बार्साको समर्थन गर्ने धेरैछन् । सिजन चलिरहँदा बार्सिलोनाका स्टार खेलाडी हरेक साता जस्तो चर्चामा आउनु सामान्य नै हो । उहाँको मास्टरक्लास फ्रिकिक, जादुमय ड्रिब्लीङ र उत्कृष्ट गोलहरु हेडलाइन हुन् । यस पटक मेस्सी फरक समाचारको हेडलाइन बन्नुभएको छ । उहाँले करिब २१ वर्ष पछि क्याम्प नोउ छाड्दै हुनुहुन्छ ।
मेस्सी एउटा युग हो, क्याटलिन क्लब बार्सीलोनाको । १३ वर्षको उमेरमा बार्सीलोनाले मेस्सीलाई पायो । उहाँलाई युवा एकेडेमीमा राख्यो र मात्र १६ वर्षको उमेरमै मेस्सीलाई सिनीयर टोलीमा डेब्यु गरायो । होचो कद भएपनि मेस्सीको खुट्टामा जादु थियो । बिपक्षी तीन चार रक्षापंक्तिका खेलाडी मेस्सीला्रई रोक्न असक्षमहुन्थे । अहिले पनि हुन्छन् । अदभुत क्षमता कारण उहाँलाई २००४ मा सिनियर टोलीमा डेब्यु गरायो । त्यहाँ देखि मेस्सीले बार्साबाट सात सय ७८ खेल खेलिसक्नु भएको छ । जसमा ६ सय ७२ गोल गर्नुभएको छ । बार्साबाट धेरै गोल गर्ने र धेर्र खेल खेल्ने किर्तीमान उहाँकै नाममा छ । उहाँले च्याम्पियन्स लिगमा एक सय २० गोल गर्नुभएको छ भने चार ७४ गोल ला लिगामा गर्नु भएको छ ।
युरोपेली प्रतियोगितामा छ पटक सर्वाधिक गोल गरि गोल्डेन बुट आफ्नो नाममा बनाउनुभएको छ । १० पटक ला लिगा, च्याम्पियन्स लिग चार पटक, कोपा डेल रेको उपाधी सात, युएफा सुपर कप तीन पटक र क्ल्ब विश्व कप सबै खाले प्रतियोगिता उहाँले बर्साबाट जितिसक्नु भएको छ । यसको मतलब उहाँ बार्साले पाएको अहिले सम्मकै सर्वाधिक महान् खेलाडी हुनुहुन्छ तर गत सिजनको सुवातमा भने मेस्सीले बार्सा छाड्ने इच्छा देखाउनु भएको थियो । एक वर्ष अझै सम्झौताको समय बाँकी भएकाले उहाँले छाड्न मिलेको थिएन । अहिले मेस्सी सम्झौता विहिन हुनुभएको छ । क्याम्प नोउ मै राख्न बार्साका अध्यक्ष योहान लापोर्टा र क्लबको लामो कसरत सफल हुन सकेन ।
लियोनल मेस्सीको ट्रान्सफर टाइमलाइन
२५ अगष्ट २०२० - मेस्सीले क्लबलाई फ्याक्स पठाएर क्याम्प नोउ छोड्ने इच्छा देखाउनु भएको थियो । जसको क्लजबापत् तिर्नुपर्ने रकमको लागि आफु तयार रहेको समेत उहाँले बताउनु भएको थियो ।
४ सेप्टेम्बर २०२० - मेस्सी बार्सिलोनामै रहनुपर्ने बाध्यता भयो । कारण उहाँको लागि कुनै पनि टिम अथवा क्लबले क्लज बापत् सात सय मिलियन युरो तिर्नु असम्भव थियो ।
२७ अक्टोबर २०२० - तत्कालिन अध्यक्ष जोसेप मारिया बार्टोमेउले राजीनामा दिनुभयो ।
२८ डिसेम्बर २०२० - मेस्सीले एक अन्तरवार्तामा आफु अमेरिकी लिग खेल्ने इच्छा देखाउनु भएको थियो ।
३१ जेनवरी २०२१ - स्पेनिस पत्रिका इल मन्डो विरुद्ध मुद्धा दायर गर्ने बार्सीलोनाले बताएको थियो । कारण सो पत्रिकाले मेस्सीको सम्झौता विवरण विस्तृतरुपमा छाप्नुका साथै चार वर्षको तलब चार सय ९२ पाउण्ड भन्दा माथि रहेको उल्लेख गरेको थियो ।
१६ मे २०२१- प्रशिक्षक रोनाल्ड कोमनले मेस्सीले घरेलु मैदानमा हुने लिगको अन्तिम खेल नखेल्ने बताउनु भएको थियो । गत सिजन बार्सा २००७/८को. सिजन पछि पहिलो पटक शिर्ष दुइ भन्दा बाहिर रहेर लिग टुंग्याएको थियो ।
२२ मे २०२१ - पेरिस सेन्ट जर्मेन पिएसजी मेस्सीलाई क्लबमा भित्रयाउन सम्भावित उपायको अध्ययन गरेको बुझिएको थियो ।
२८ मे २०२१ - बार्सीलोनाका अध्यक्ष मेस्सीका लागि नयाँ सम्झौताको तयारी पुरा भएको र सम्झौता भइनसकेपनि क्लब र मेस्सी दुवै यसबारेमा सकरात्मक रहेको प्रतिक्रिया दिनु भएको थियो ।
१ जुलाई २०२१ - मेस्सीको सम्झौता सकिएको थियो र मेस्सी फ्रि एजेन्टका रुपमा रहनु भएको थियो ।
१५ जुलाई २०२१ - मेस्सी बार्सामा रहने कुरामा सहमत हुनु भएको थियो । सम्झौता २०२६ सम्मका लागि थपिने भएको थियो भने तलब घटाइने कुरामा पनि मेस्सी राजी हुनुभएको थियो ।
५ अगष्ट २०२१ - बार्सीलोनाले मेस्सीलाई लालिगाको वित्तीय नियमअनुसार राख्न नसकिने बतायो ।
के हो लालिगको वित्तीय र सरंचनात्मक नियम?
यो नियमअनुसार बार्साले खेलाडी बेच्नु नपर्ने स्थिती छ । करिब २ सय मिलियन पाउण्ड तलब कटौती गर्नुपर्ने, तर बार्साले त्यसमा अग्रसरता देखाउन सकेको थिएन । यता मेस्सीले आफ्नो तलबको पचाँस प्रतिशत कटौतीमा पनि सहमत थिए । तर ला लिगाको यो नियमले क्लबले मेस्सीलाई तीस प्रतिशत भन्दा बढि तिर्न नपाउने भयो । यसपछि नयाँ सम्झौता पनि हुन सकेन । बार्साले ट्रान्सफर मार्केटमा नयाँ खेलाडी र सम्झौता नविकरणका लागि मात्र २५ प्रतिशत खर्च गर्न पाउनेछ । ७५ प्रतिशत रकम रिण तिर्न खर्च गर्नुपर्ने मापदण्ड रहेको छ । ला लिगाका अनुसार बार्साको रिण एक विलियन भन्दा पनि बढि छ ।
कोभिडका कारण पनि बार्साको आम्दानीमा एक वर्ष एक सय २५ मिलियन गिरावट आएको थियो । त्यसैले पनि उसले धेरै महँगा खेलाडी एन्टोइन ग्रिजमन, मार्टिन ब्रेथवेट, ओस्मान डेम्बेले र सामुयल उम्टीटीलाई बेच्न चाहेको थियो तर सकेन । यता अन्य खेलाडी जिराड पिके, सर्जियो रोबर्टो र सर्जियो बस्केट्स जस्ता खेलाडीलाई चालीस प्रतिशत तलब कटाउन तयार हुन आग्रह गरेको छ । विश्व फुटबलको शक्तिशाली क्लब मध्यको एक बार्साले आर्थिक संकटकै कारण मेस्सीलाई गुमाएको हो । मेस्सीले भने आफ्नो करियर बार्सामै टुंग्याउन चाहनुभएको थियो ।
अबको गन्तव्य
मेस्सीको ट्रान्सफरको हल्लासँगे जोडिने दुई नाम हुन् इंग्लीस क्लब म्यान्चेष्टर सिटी र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन । सिटीले यो सिजन ताकेको मध्य दुई खेलाडीलाई अनुबन्ध गर्न चाहेको थियो । ज्याक ग्रिलियस इतिहाद आइसक्नु भएको छ । हेरि केनसँग पनि कुरा भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताउँदै आएका छन् । अब मेस्सीको लागि बाटो खुल्ला भएपछि उहाँमाथि पनि सिटीले चासो देखाउन सक्ने आकलन गरिएको छ ।
यता पिएसजीका स्टार खेलाडी र मेस्सीका पुर्व टिम मेट्स नेइमारले पनि पिएसजी आउन प्रस्ताव गरिराख्नु भएको छ । पिएसजी पनि यसबारे सकतात्मक देखिएको छ । साथै चेल्सी पनि यो दौडमा छ । अर्जेन्टिनी क्लब र अमेरिकी मेजर सकर लिग पनि ३३ वर्षिय मेस्सीको रोजाईमा छन् तर आफ्नो सम्झौताका बारे मेस्सीले अहिले सम्म केही प्रतिक्रिया दिनुभएको छैन ।