Kath Khabar
उच्च अदालतको आदेशविरुद्ध रवि लामिछानेको निवेदनमाथि सर्वोच्चमा सुनुवाइ सकियाे

                                काठमाडौं, चैत ३१ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दायर गरेको रिट निवेदनमाथि सर्वोच्चमा सुनुवाइ सकिएकाे छ । 

रवि लामिछानेले दायर गरेको रिट निवेदनमाथि नेपालको सर्वोच्च अदालतले प्रारम्भिक सुनुवाइ गरेकाे थियाे, जसको सुनुवाइ न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा पेशी परेको थियाे । गत शुक्रबार लामिछानेको तर्फबाट उनकी श्रीमती निकिता पौडेलले उच्च अदालत तुल्सीपुर, बुटवल इजलासको बेरितको आदेश बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दायर गरेकी थिइन् ।

यसअघि रुपन्देही जिल्ला अदालतले लामिछानेलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गरेको निर्णयलाई उल्ट्याउदै उच्च अदालतले उनलाई हिरासतमा पठाउन आदेश दिएको थियो ।

 

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update