Kath Khabar
रविलाई थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

                                   काठमाडौं, चैत ३१ ।   सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध कैफियत प्रतिवेदन माग गरेको छ ।

सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै निर्णय लिदाको आधारसहितको कैफियत प्रतिवेदन माग गरेको हो । 

 गत शुक्रबार लामिछानेको तर्फबाट उनकी श्रीमती निकिता पौडेलले उच्च अदालत तुल्सीपुर, बुटवल इजलासको बेरितको आदेश बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दायर गरेकी थिइन् ।

यसअघि रुपन्देही जिल्ला अदालतले लामिछानेलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गरेको निर्णयलाई उल्ट्याउदै उच्च अदालतले उनलाई हिरासतमा पठाउन आदेश दिएको थियो ।

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update