Kath Khabar
जाजरकोटमा भूकम्पको धक्का

                           काठमाडौं, वैशाख  २ ।  जाजरकोट जिल्लाको पैङ्कलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, सोमबार राति ९ः३१ बजे जाजरकोटस्थित कुशे गाउँपालिकाको पैङ्कलाई केन्द्रबिन्दु बनाएर ४ं.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पका कारण कुनै क्षतिको विवरण प्राप्त भइसकेको छैन ।

गत चैत २१ मा पनि सोही स्थानलाई केन्द्रबिन्दु बनाएर तीन मिनेटको फरकमा दुई पटक भूकम्प गएको थियो । सो भूकम्पका कारण केही घरमा सामान्य क्षति पुगेको थियो ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  ०७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update