Kath Khabar
सुनसरीमा भएको गोली प्रहार घटनामा संलग्न दुईजना पक्राउ, हान्ने र घाइते हुने दुवै तस्कर

 

                         काठमाडौं, वैशाख  २ ।  सुनसरीको देवानगञ्ज गाउँपालिका-७ मा सोमबार साँझ भएको गोलीकाण्डको घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्तिहरूमा रविनकुमार यादव र पिन्टु यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गोली हान्ने र घाइते हुने दुवै तस्कर रहेको अनुसन्धानका क्रममा खुलेको छ । 

उक्त घटनामा २१ वर्षीय शिवकुमार मेहता गम्भीर घाइते भएका छन् ।  गोलीकाण्ड हुँदा घाइते मेहता पिन्टु यादवले चलाएको मोटरसाइकलमा पछाडि सवार रहेको बताइएको छ।

त्यस्तै,  गोली हान्ने मध्येका अर्का कामेश्वर यादव सहितका तीनजना फरार रहेका छन्  ।  प्रहरीका अनुसार एकजना गाँजा तस्करीमा संलग्न रहेको पाइएको छ । गोली लागेर घाइते भएका शिवकुमारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

अधिकारीहरूका अनुसार फरार व्यक्तिहरुको खोजी तीव्र रहेको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update