Kath Khabar
छविलाल जोशीलाई थुनामा पठाउनुको कारण खुलाउन सर्वोच्चको आदेश

                       काठमाडौं, वैशाख  २ ।  सर्वोच्च अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउनुको कारण पेश गर्न उच्च अदालत, तुलसीपुरको बुटवल इजलासका नाममा आदेश जारी गरेको छ ।

न्यायाधीश विनोद शर्माको एकल इजलासले जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन पेश गर्न आदेश दिइएको हो । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत साता रवि लामिछाने र छविलाल जोशीलाई थुनामा पठाउन आदेश गरेको थियो ।

बुटबलको सुप्रिम सहकारी ठगी प्रकरणको आरोप जोशीले उच्च अदालतको आदेश बदर गर्न माग राख्दै सर्वोच्चमा निवेदन दिएका थिए ।


 

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update