काठमाडौं, साउन २३ । लुप नेटवर्कले आगामी दुई वर्षभित्र सर्वसाधारणको लागि साधारण शेयर (आईपिओ) जारी गरिसक्ने इन्टरनेट सेवा प्रदायक कम्पनी लुुप नेटवर्कका अध्यक्ष सतिश पोखरेलले जानकारी दिनुभएको छ । नेपालमा विगत पाँच बर्षदेखि प्राइभेट कम्पनीकोरूपमा इन्टरनेट सेवा प्रदान गर्दै आएको लुप नेटवर्क प्रालि पब्लिक कम्पनीमा रूपान्तरण भएसंगै साधारण शेयर जारी गर्ने प्रकृया सुरु गरेको नेटवर्कका अध्यक्ष पोखरेलले भन्नुुभयो ।
हामीले आगामी दुुई बर्षभित्र शेयर जारी संगै कम्तीमा एक अर्ब रुपैयाँ लगानी गर्ने गरी योजना अगाढि बढाएका छौं, उहाँँले भन्नुभयो । कम्पनीले आक्रामक बजार विस्तारको रणनीति बनाउँदै आगामी पाँच वर्षभित्र नम्बर वान आईएसपी (इन्टरनेट सेवा प्रदायक) बन्ने लक्ष्य लिएका छौं,’ अध्यक्ष पोखरेलले भन्नुभयो । यसको लागि ‘अहिलेको ग्राहक संख्यालाई पनि गुणात्मकरूपमा वृद्धि गरी पाँच बर्षभित्र एकदेखि डेढ लाख पुर्याउने लक्ष्य लिएको जानकारी पनि उहाँले दिनुुभयो ।
हाल लुप नेटवर्कको फाइबरनेट सर्भिस काठमाडौं उपत्याकासहित नवलपरासी र धनुषालगायत स्थानमा विस्तार भईसकेको छ । ति जिल्लाहरुमा कम्पनीको उपस्थिती निकै नै बलियो रहेको र आगामी समय पुर्वका विभिन्न जिल्लाहरुमा पनि सेवा बिस्तार गर्ने तयारी कम्पनीले गरेको छ । अध्यक्ष पोखरेलका अनुसार हाल प्रदेश ५ को बर्दघाटदेखि भुमई हुँदै परासी र आसपासका क्षेत्र, भैरहवा, प्रदेश २ को ढल्केबर, जनकरपुर, जलेश्वरमा लुप नेटवर्कको निकै नै राम्रो र बलियो उपस्थिती रहेको छ । यसैगरी पूर्वको विराटनगर, दमक, उर्लाबारीलगायत क्षेत्रमा पनि लुुप नेटर्वकको सेवा बिस्तार हुँदै गएको छ । अहिलेसम्म हामी शहरभन्दा ग्रामीण क्षेत्रमा बढी सेवा दिइरहेका थियौं तर अब भने शहर र ग्रामीण क्षेत्र दुवैमा प्रतिस्पर्धी ढङ्गले सेवा विस्तार गर्छों, अध्यक्ष पोखरेलले भन्नुभयो ।
लुप नेटवर्कले इन्टरनेट सेवासँगै नेट टीभीसमेत उपलब्ध गराउँदै आएको छ । आगामी समय हामी यसलाई समेत बिस्तार गरी आफ्नै टेलिभिजन सेवाको आधार तयार गर्ने गृहकार्य पनि गरिरहेका छौं, उहाँले भन्नुभयो । आफ्नै टिभी नआउँदासम्म नेट टीभीसँगको साझेदारीमा कम्पनीले टेलिभिजन सेवालाई निरन्तरता दिईरहने उहाँले बताउनुभयो । नेपालमा अझै पनि फिक्स ब्रोडब्याण्ड इन्टरनेट सेवाको पहुँच झण्डै ८०-८५ प्रतिशत विस्तार हुुन बाँकी रहेको छ । यो अवस्थामा आक्रामकरुपमा बजार बिस्तार गरी नम्बर १ कम्पनी हुन लुप नेटवर्कलाई समस्या पर्देन, उहाँले भन्नुभो ।
शहरी क्षेत्रमा ग्राहक तान्न केही प्रतिस्पर्धा भएपनि प्रतिस्पर्धी मुल्यमा उच्चगुुणस्तरको सेवा दिन सकेको खण्डमा बजार बिस्तार गर्न खासै समस्या नहुुने अध्यक्ष पोखरेलको बुझाई छ । अन्य कम्पनीहरु भन्दा हामी फरक ढंगामा अगाडी बढ्ने छौं, यसको लागि कम्पनीने विश्व बजारमा आएका नयाँ नयाँ प्रविधिहरुलाई आत्मसाथ गर्ने तयारी गरेको पनि उहाँले बताउनुभयो । हामी हुवावे, जेटीई र नोकिया मध्ये कुनै एक प्रविधिको डिभाइस प्रयोग गर्छों, अध्यक्ष पोखेरलले भन्नुभयो ।