Kath Khabar
राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान

 

                                काठमाडौं, वैशाख ३ ।  राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठक आह्वान गर्नुभएको छ।

राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख १२ गते शुक्रबार अपराह्न १ः०० बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बस्नेगरी सङ्घीय संसद्को अविधेशन आह्वान गर्नुभएको हो । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफरिसमा संसद् अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले बजेट अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

 

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update