Kath Khabar
डब्ल्यूएचओका सदस्य राष्ट्रहरूद्वारा भविष्यका महामारीको सुंयक्त सामना गर्ने सम्झौता

                            जिनेभा, वैशाख ३ । कोभिड–१९ सङ्कटको समयमा गरिएका गल्तीहरू नदोहोर्‍याई भविष्यका महामारीहरूलाई सम्बोधन गर्ने उद्देश्यले एतिहासिक सम्झौतामा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) सदस्य मुलुकहरू सहमत भएका छन् ।

सङ्गठनको मुख्यालयमा तीन वर्षदेखि चलिरहेको वार्ता प्रतिनिधिहरूले बुधवार सम्झौता प्रमाणित गरेसँगै समाप्त भएको छ । “यो ‘सुरक्षित संसारतर्फको साझा यात्रा’को महत्वपूर्ण कोसेढुङ्गा हो, डब्लुएचओका प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले बताउनुभयो ।

कोभिड–१९ ले लाखौँं मानिसहरूको ज्यान लिनुका साथै अर्थतन्त्रलाई ध्वस्त पारेको पाँच वर्षपछि, एच–५एन–१, बर्ड फ्लूदेखि एमपोक्स र इबोलासम्मका नयाँ स्वास्थ्य खतरा  लगाएतका विषयहरू वार्तामा समावेश थिए ।    सम्झौताको मूल  उद्देश्य औषधि कम्पनीहरूसँग रोगको द्रुत साझेदारीलाई अनुमति दिने महामारीसँग लड्न सक्षम पार्नु हो ।

सम्झौताको मस्यौदामा विश्वका देशहरूले भविष्यको महामारीको खतरा  रोक्न र सुरक्षा गर्न आफ्नो साझा प्रतिबद्धता गरेका छन् ।
---

 

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update