काठमाडौं, साउन २३ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप तीन हजार दुई सय १८ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुुसार देशभरका प्रयोगशालाहरुबाट कुल १३ हजार पाँच सय ७३ वटा स्वाब नमुनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमितहरु भेटिएका हुुन् ।
यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोभिड १९ को संक्रमणबाट थप १९ जनाको मृत्युु भएको छ । यो संंगै नेपालमा कोभिड १९ को संक्रमणबाट मृत्युु हुनेहरुको कुुल संख्या १० हजार ३८ पुुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो पटक देशभर एक हजार सात सय २२ जना संक्रमणमुक्त भएकाछन् । यो समेत गरी नेपालमा कोभिड १९ को संक्रमणबाट मुक्त हुुनेहरुको कुुल संख्या छ लाख ६७ हजार दुई सय ७० पुगेको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा नौ सय १० जना संक्रमितहरु भेटिएकाछन् । सो मध्ये काठमाडौं जिल्लामा पाँच सय ९३ जना, ललितपुर जनामा एक सय ८९ र भक्तपुरमा एक सय २८ जना संक्रमितहरु भेटिएका हुुन ।