पार्टीको सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले दिइन् राजीनामा

काठमाडौं, वैशाख ४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले पार्टीको सहमहामन्त्री पदबाट राजीनामा दिने भएकी छन् । आज बिहीबार बस्ने रास्वपा बैठकअघि उनले सचिवालयमा यो जानकारी दिने तयारी गरेकी छन् ।
आज बस्ने रास्वपाको केन्द्रीय समिति बैठकअघि उनले पार्टी सचिवालयलाई आफ्नो निर्णयबारे जानकारी गराउने तयारी गरेकी छन् । स्रोतकाअनुसार सभापति रवि लामिछाने पछिल्लोपल्ट पार्टीमा फर्किएकै दिन उनले राजीनामा बुझाएको बताइएको छ ।
आज दिउँसो पार्टी कार्यालयमा बस्ने बैठकमा उनको राजीनामाबारे पनि छलफल हुने बताइएको छ । उनको राजीनामा स्वीकृत भएमा उनी सांसद तथा पार्टी केन्द्रीय सदस्य रहने छिन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२ ११:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय