Kath Khabar
बाल यौन दुर्व्यवहार मुद्दामा रामबहादुर बम्जनले पाए सफाई


                            काठमाडौं, वैशाख ४ ।  बाल यौन दुरुपयोगको आरोप लागेका रामबहादुर बम्जनले सफाइ पाएका छन् । उच्च अदालत जनकपुरले बाल यौन दुर्व्यवहार मुद्धामा जेल परेका रामबहादुर बम्जनलाई सफाई दिएको छ।

बिहीबार न्यायाधीशद्वय खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले बम्जनलाई सफाइ दिएको हो । गत वर्षको असारमा सर्लाही जिल्ला अदालतमा न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई दोषी ठहर गर्दै १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

बलात्कार, हिंसा र विभिन्न जिल्लाबाट धेरै अनुयायीहरू बेपत्ता पारिएको आरोपहरू लागेपछि बम्जनलाई २०८० पुष २४ गते पक्राउ गरिएको थियो ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update