आजदेखि वीरगञ्जको निषेधाज्ञा हटाइने

वीरगञ्ज (पर्सा), वैशाख ५ । जिल्ला प्रशासन कार्यालय पर्साले आज शुक्रबार बिहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा हटाउने निर्णय गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बिहिबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जको शान्ति सुरक्षाको अवस्था सामान्य बनेको भन्दै शुक्रबार बिहान ७ बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो । प्रजिअ अर्यालले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था सामान्य रहेकाले गत वैशाख १ गतेदेखि लगाइएको निषेधाज्ञा हटाउने निर्णय भएको जानकारी दिनुभयो ।
पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले बुधबार दिउँसोदेखि वीरगञ्ज महानगर क्षेत्रको अवस्था सामान्यतर्फ उन्मुख हुँदै गएको जानकारी दिनुभयो ।
–––
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२ ०६:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय