Kath Khabar
राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टले दिए राजीनामा

                              काठमाडौं, वैशाख ५ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् ।शुक्रवार बिहान कायमुकाम गभर्नर निलम ढुंगाना तिम्सिनासमक्ष राजीनामा पेस गरेका हुन् ।

सत्ता साझेदार दलहरु नेपाली कांग्रेस र नेकपा एमालेका बिचमा भट्टलाई गभर्नर बनाउन लागिएको चर्चा परिचर्चा चलिरहेको बेला उनले कार्यकारी निर्देशकबाट आज राजीनामा दिएका हुन् ।

अर्थशास्त्रमा विद्यावारिधि गरेका भट्ट नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा कार्यरत  छन् । यसअघि उनी डा प्रकाशशरण महतको आर्थिक सल्लाहकारसमेत थिए।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update