Kath Khabar
अभिनेत्री निती शाहले गरिन् कानुनी विवाह

                          काठमाडौं, वैशाख ५ ।  नायिका नीति शाहले कानुनी विवाह गरेकी छन् । शुक्रबार काठमाडौं जिल्ला अदालतमा शाहले प्रेमी यचित शमशेर जबरासँग कानूनी विवाह गरेकी हुन् ।

नीति र यचित प्रेम सम्बन्धमा रहेको चर्चा केही समयदेखि चल्दै आएको थियो । उनीहरु विगत ४ वर्षदेखि प्रेम सम्बन्धमा थिए । यचित पेशाले एयरक्राफ्ट मेन्टेनेन्स इन्जिनियर हुन् । उनी एयर डाइनेस्टीमा कार्यरत छन् ।

नीतिको तेस्रो फिल्म ‘नरसिंहा अवतार’ आगामी जेठ ९ गते प्रदर्शनमा आउने तयारीमा रहेको छ । यस चलचित्रमा उनको जोडी अभिनेता राजेश हमालसँग बाँधिएको छ । यस्तै, उनको अर्को चलचित्र ‘मोहर’ पनि आगामी साउन २३ गते रिलिज हुँदैछ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update