शिक्षक महासंघका प्रतिनिधि र प्रधानमन्त्रीबीच आज साँझ भेट हुँदै
काठमाडौं, वैशाख ५ । शिक्षक महासंघका प्रतिनिधिले आज (शुक्रबार) साँझ प्रधानमन्त्री केपी ओलीसँग भेट गर्ने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको महासंघको टोलीले प्रधानमन्त्री ओलीलाई आज साँझ भेट्न लागेको हो ।
प्रधानमन्त्री ओलीलाई भेट्नु अघि महासंघ छलफलमा जुटेको महासंघका महासचिव तुलाबहादुर थापाले बताए ।
चैत २० देखि शिक्षकहरूले काठमाडौंमा आन्दोलन गरिरहेका छन् । शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच संवाद भइरहेपनि सहमति भने जुट्न सकेको छैन ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२ १७:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय